ट्रेन्डिङ

लक्ष्य प्राप्तीका लागि लगनसहित अघि बढ्नुस् : प्रमुख सिंह

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो लक्ष्य प्राप्तीका लागि लगनका साथ अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

वीरगंज पब्लिक कलेजले आयोजना गरेको हल्ट प्राइज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना उद्यमशीलता सीपहरू विकास गर्न, सामाजिक समस्याहरूको समाधान खोज्न र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउनेमा उनको विश्वास छ ।

विद्यार्थीहरुले पढाइसँगै उद्यमशीलता विकाश गर्न जरुरी रहेको भन्दै प्रमुख सिंहले त्यसमा हल्ट प्राइजले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै