ट्रेन्डिङ

भूकम्प आएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, अस्पतालमा उपचार हुँदै

वीरगन्ज । भूकम्प आएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर एकजना कैदी घाइते भएको बताए ।

उनका अनुसार घाइते कैदीलाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

घाइते कैदीको अहिलेसम्म व्यक्तिगत परिचय भने आफुकहाँ आइनसकेको प्रमुख जिल्ल अधिकारी थापाले जनाएका छन

शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण अहिलेसम्म आफुकहाँ आइनसकेको उनले बताए ।

विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै