वीरगन्ज । मधेस प्रदेशसहित देशका अधिकांस स्थानमा भुकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा यहाँ सहित देशका अधिकांस स्थानमा भुकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमास्थित सिन्धुपाल्चोक जिल्लाको ‘लिस्तीकोट’ नजिकै केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
धक्का निकैबेर महशुस हुँदा नागरिकहरु घरबाहिर निस्किएका छन् ।
भुकम्पको धक्का पून: आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।