ट्रेन्डिङ

विवाहेत्तर प्रेम सम्बन्धका कारण धनुषामा एक पुरुषको हत्या, महिला पक्राउ

धनुषा । मधेस प्रदेश राजधानी धनुषामा विवाहेत्तर प्रेम सम्बन्धका कारण एक जना पुरुषको हत्या भएको छ ।

हतमिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको खुलासा भएको हो । 

अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अन्सारी कतारमा कार्यरत रहँदा उनी र अनिताबिच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

अन्सारी नेपाल आएसँगै मंसिर २७ गते अनिता र उनका श्रीमानले बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानाट खुलेको धनुषा प्रहरीका एसपी भूवनेश्वर तिवारीले बताए।

हत्या पछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शवको सनाखत नभएपछि प्रहरीले स्केच सार्वजनिक गर्यो ।

माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । 

अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्या पछि साउदी अरब फरार रहेको प्रहरीको भनाई छ ।

उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसबारे आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै