वीरगन्ज । लोकतान्त्रि समाजवादी पार्टी नेपाल (लोसपा) को मधेस प्रदेश कमिटि विस्तार गरिएको छ ।
लोसपको संशोधित विधान अनुसार मंगलबार मधेस प्रदेश कमिटि विस्तार गरिएको हो ।
प्रदेशका पूर्वमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा ८७ सदस्यीय कार्यसमित चयन गरिएको छ ।
नवगठित मधेस प्रदेशको समितिको उपाध्यक्षमा चारजनालाई राखिएको छ ।
उपाध्यक्षमा सिरहाबाट रामबाबु यादव, महोत्तरीबाट अरुण पाठक, धनुषाबाट रामज्ञान मण्डल, रौतहटबाट विन्देश्वर यादवलाई चयन गरिएको छ ।
मुख्यसचिवमा धनुषाका रामविनोद चौधरीलाइृ चयन गरिएको लोसपाले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
यसैगरी मधेसको सचिवमा पाँच जनालाई मनोनयन गरिएको छ । सचिवमा चयन हुनेहरुमा रौतहटका ओमलोक पटेल, महोत्तरीका सरयुग यादव, महोत्तरीकै राजेन्द्र सिंह कुशवाहा र जलाइदिन राइन तथा सिरहाका राजकुमार महरा रहेका छन् ।
कोषाध्यक्षमा भने सर्लाहीका प्रेमशिला यादवलाई चयन गरिएको लोसपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी प्रदेशका ८ वटै जिल्लाबाट कार्यकारिणी समिति सदस्य तथा प्रदेश समिति सदस्य चयन गरिएको छ ।
८ वटा जिल्लाबाट ७५ जनालाई कार्यकारिणी तथा प्रदेश समिति सदस्यमा चयन गरिएको लोसपा मधेस प्रदेशका अध्यक्ष सोनल बताउँछन् ।
उनका अनुसार सबैको सहमतिमा समावेशीताको आधारमा लोसपमा मधेस प्रदेश समितिको विस्तार गरिएको हो ।