रौतहट । रौतहट प्रहरीले चोरी पैठारीको काठसहित दुइजनालाइ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले साइकलमा लैजाँदै गरेको चोरी पैठारीको सालको काठसहित दुइजनालाई पक्राउ गरेको हो ।
चन्द्रनिगाहपुरतर्फ चारवटा साइकलमा लैजाँदै गरेको अवस्थामा अन्दाजी २१ क्यूफिट सालको गोलियासहित दुइजनालाइ पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता दीपकुमार रायले बताए ।
प्रहरीको टोलीले चन्द्रनिगाहपुर वडा नम्बर ३ बस्ने जयकिशोर कुमार र सोही वडाका सनिचर धामीलाई पक्राउ गरेको हो ।
क्राउ परेको सालको गोलियासहित दुबैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।