ट्रेन्डिङ

१२ फागुनमा उपराष्ट्रपति यादव किन आउँदैछन् बारा ?

वीरगन्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादवको बारा जिल्ला आउने कार्यक्रम तय भएको छ । यहि फागुन १२ गते सोमबार उपराष्ट्रपति यादव जिल्लाको परवानीपुर गाउँपालिका आउने कार्यक्रम तय भएको जनाइएको छ ।

परवानीपुरस्थित केडिया आँखा अस्पतालको ‘स्वर्ण जयन्ती’ समारोहमा प्रमुख अतिथिको रुपमा सरिक हुन उनी आउन लागेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सोमबार बिहान ‘फस्ट फ्लाइट’ बाट उपराष्ट्रपति यादव आउने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार त्यहाँबाट उनी सिधै कार्यक्रमस्थलतर्फ प्रस्थान गर्नेछन् ।

कार्यक्रम सम्बोधनपछि उनी पूनः राजधानी काठमाण्डौँ फर्किने बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै