ट्रेन्डिङ

स्ववियुको निर्वाचन तालिका सार्वजनिक, फागुन १९ गते समूह दर्ता

काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले शुक्रबार स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको हो । जसअनुसार निर्वाचनका लागि आगामी चैत ५ गतेको मिति तोकिएको छ ।

फागुन १९ गते दिउसो तीन बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

त्यस्तै फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुरु हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै