वीरगन्ज । सशस्त्र प्रहरी बल पर्सा एयरगनसहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगन्ज भन्सारको मुख्य नाकाबाट प्रवेश गर्न लागेका एकजना भारतीयलाई सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको हो । सशस्त्र प्रहरीको पहिलो चेकिङ पोस्ट मुख्य भन्सार गेट अगाडिबाट भारतको कोलकत्ता पोस्ट अफिस खिदिरपुरका मिम्मर हुसेनलाइ पक्राउ गरिएको सशस्त्र प्रहरी प्रवक्ता नरेन्द्र सिंह धामीले बताए ।
उनका अनुसार पैदल आउँदै गरेको अवस्थामा हुसेन एकथान एयरगनसहित पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले एयरगनसहित त्यसमा प्रयोग हुने ८२ वटा गोलीसमेत पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेका हुसेनलाई एयरगन र गोलीसहित आवश्यक कारबाहीका लागि इनर्वा प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।