ट्रेन्डिङ

साढे १० किलो लागु औषध गाँजासहित बाराबाट पाख्रिन पक्राउ

वीरगन्ज । बारा प्रहरीले लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचमा प्रहरीले पथलैयाबाट साढे १० किलो लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको जनाएको छ ।

पथलैया प्रहरीको टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर -१५ निवासी सुर्य पाख्रिनलाइ पक्राउ गरेको हो ।

नारायणगढ़बाट वीरगन्जतर्फ आउदै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्दा पाख्रिनले बोकेको २ वटा ब्यागबाट साढे १० किलो लागु औषध गाँजा बरामद भएको बारा प्रहरी प्रमुख सन्तोष तामाङ्ले बताए ।

पक्राउ परेका पाख्रिनलाइ जिल्ला प्रहरीको हिरसतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै