ट्रेन्डिङ

कुटपिट, चलन हटक्क र चौपाया चोरी मुद्दाका चारजना फरार प्रतिवादी जनकपुरबाट पक्राउ

जनकपुर । धनुषा प्रहरीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

१३ दिनदेखि डेढ महिना कैद तथा ३ सयदेखि चार हजारसम्म जरिवाना भएका चार जना फरार प्रतिवादीलाई जनकपुर प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए । उनका अनुसार अदालतको फैसला कार्यान्वय गर्ने सिलसिलामा सबै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दुइजना कुटपिट मुद्दाका र एकजना चलन हटक्क तथा एकजना चौपाया चोरी मुद्दाका रहेका छन् । कुटपिट मुद्दाका प्रतिवादीलाइ अदालतले तीन सय रुपैयाँ मात्रै जरिवाना गरेको छ भने चौपाया चोरीका अभियुक्तलाई १३ दिन कैद र ४ हजार जरिवानको फैसला छ ।

यसैगरी चलन हटक्कका प्रतिवादीलाई ५ सय रुपैयाँ मात्रै जरिवानको फैसला छ भने कुटपिट लुटपिट मुद्दाका प्रतिवादीलाई डेढ महिना कैद र साढे पाँच सय रुपैयाँ जरिवानको फैसला भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यही कैद तथा जरिवाना नबुझाइ घटनापछि फरार रहेको हुँदा सबैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि  जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै