
काठमाडौं । खोटाङको हलेसीमा भीषण आगलगी भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगो फैलिएको छ ।
स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको प्रहरी जानकारी दिएको छ ।
आगो निभाउन जिल्लाबाट डीएपी प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोलीसहित अन्य सुरक्षाकर्मीलाइ समेत घटनास्थलमा परिचालन गरिएको छ ।
आइतवार साँझ ७ बजे सुरु भएको आगलागी अन्य घरहरूमा पनि फैलिन लागेको प्रदेस प्रहरी कार्यालयले जनाएको छ ।
सुरक्षाकर्मीहरूले अझै आगो निभाउने प्रयास गरिरहेको जनाइएको छ ।