
रौतहट । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित एकजना कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
विभिन्न स्थानबाट करिब तीन लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले विभिन्न स्थानमा गरेको जाँचबाट एउटा भारतीय नम्बरको मोटरसाइकलसहित २ लाख २९ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
उनका अनुसार यो भन्सार छलीका सामानसहित राजदेवी नगरपालिका वडा नम्बर १ निवासी प्रदीप कुमार चौधरीलाई पक्राउ गरिएको छ ।
साथै प्रहरीले बीआर शुना ६ सि २७९२ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रहरीको विज्ञप्तिमा कपडा, कस्मेटिक सामान, मल, घडीको बैट्री, किराना सामानहरु बरामद भएको लेखिएको छ ।
बरामद भन्सार छलीका सामानसहित कारोबारी र मोटरसाइकललाई थप कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुुझाइएको प्रहरीले जानकारी दिएको छ ।