ट्रेन्डिङ

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, महाकुम्भ मेला जाने १८ जनाको मृत्यु

जनकपुर ।भारतको राजधानी दिल्लीको एक रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ ।

दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

भागदौडमा ९ महिला, ४ पुरुष र ५ बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् ।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू  रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो।

दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो।

यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरुले पनि घाइतेको उघार गरिरहेका छन् ।

रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै