वीरगन्ज । पर्साको ठोरी गाउँपालिका स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा उच्च अंक प्राप्त गरेको छ ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगद्वारा प्रकाशित कार्य सम्पादन मूल्यांकन अनुसार ठोरीले मधेस प्रदेशका अन्य स्थानीय तहको तुलनाको सबैभन्दा उच्च अंक प्राप्त गरेको हो । भने सबैभन्दा कम अंक पकाहामैनपुर गाउँपालिकाले पाएको छ ।
ठोरी गाउँपालिकाले ७१.२ प्रतिशत अंक प्राप्त गरि मधेश प्रदेशमा भने पहिलो स्थान हासिल गर्न सफल भएको हो । यस अघि पनि ठोरी पर्सा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । यसैगरी पकाहामैनपुरले जम्मा ३२ अंक प्राप्त गर्दै सबैभन्दा पछि परेको छ ।
यसैगरी पर्सागढी नगरपालिकाले ५१.५, जगरनाथपुर गाउँपालिका ४८.८, सखुवाप्रसौनी गाउँपालिका ४५.१, पोखरीया नगरपालिका ४४.३, छिपहरमाई गाउँपालिका ४४.१ र धोबीनी गाउँपालिका ४०.९ अंक प्राप्त गरेको छ ।
मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले ४३.१ अंक पाउँदै आठौँ भएको छ । यस्तै बिन्दबासीनी गाउँपालिका ३८.२, कालिकामाई गाउँपालिका ३६.६, बहुदरमाई नगरपालिका ३६.५, जिराभवानी गाउँपालिका ३२.४ अंक पाएका छन् ।
कार्यसम्पादन मूल्याकंनका लागि ३० वटा मापदण्डमा १ सय पूर्णङ्क तोकिएको छ । ठोरी गाउँपालिकाले ७१.१ अंक प्राप्त गरि उच्च स्थान हासिल गरेको हो । मापदण्डमा असार १० भित्र साधारण सभा गरेको, असार मसान्त बजेट, नीति तथा कार्यक्रम पारित गरेको, घर जग्गा रजिष्ट्रेशन तथा मनोरन्जन करको प्रदेश कोषमा दाखिला, आय व्यय प्रक्षेपण गरिएको तथ्याङ् सहितको बिवरण मन्त्रालयमा पेश भएको, राजस्व संकलनको प्रक्षेपीत लक्ष्य, संकलनको जास्तविक तथ्यांक, लेखा परिक्षण, गर्भवती महिलाको संख्या, ४ पटक चेकजाँच गर्ने महिलाको संख्या सहितका २९ वटा सूचकहरु राखिएका छन ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मधेश प्रदेशकै प्रथम पालिका बनाउने गरि सफलता प्राप्त भएकोमा खुशी ब्यक्त गरेका छन । उनले अहोरात्र काममा खटिने ठोरी गाउँपालिकाका सबै शाखाका कर्मचारी, प्राप्त उपलब्धिलाई निकै मेहनतका साथ ब्यवस्थित गर्दै सम्बन्धित निकायमा समयमै उपलब्ध गराउने सुचना प्रविधि अधिकृत लगायत कार्य सम्पादनमा सहयोग पु¥याउनुहुने उपप्रमुख सहित सबै जनप्रतिनिधिहरुलाई बधाई संगै धन्यवाद दिएका छन । आगामी बर्षहरुमा पनि उत्साहित भएर कार्य अघि बढाउन कर्मचारी, तथा अन्य जनप्रतिनिधिलाई अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले ठोरीले प्राप्त गरेको उपलब्धिले काम गर्ने जोश जागर अझ बढेको बताए । ।
यसैगरि कार्यसम्पादन मूल्यांकनमा पर्साकै पटेर्वा सुगौली गाउँपालिका दोश्रो भएको छ । पटेर्वा सुगौलीले ६३.५ अंक प्राप्त गरि दोश्रो भएको हो । त्यस्तै बाारको प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिका प्रथम र दोश्रो भएका छन । मधेश प्रदेशमै पनि परवानीपुर तेश्रो र परवानीपुर गाउँपालिका चौथो भएको हो । प्रसौनीले ६२.४ र परवानीपुर गाउँपालिका ६१.५ अंक प्राप्त गरेको छ ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले यो सफलता पप्त गर्नकालागि क्रियाशिल उपप्रमुख सहितका सबै जन प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेका सबै कर्मचारी र पालिकाको अभियान योजनामा सहभागी सबै नागरिकमा बधाई ज्ञापन गरेका छन । उनले आउने दिन थप सफलता पाउने गरि काम गर्ने हौसला प्राप्त भएको बताएका छन । उनले आफनो दायित्व नागरिक आवश्यकता र अपेक्षालाई पुरा गर्ने तर्फ केन्द्रीत हुने फेरी दोहर्याएका छन ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ वडाध्यक्ष बिजय गैरेले पनि आफनो गाउँपालिका मधेशमै दोश्रो भएकोमा खुशी ब्यक्त गरेका छन । उनले सामाजिक संजालबाट अति मेहनत गरि यहा सम्म पुर्याउन नेतृत्वदायी भुमिका निर्बाह गर्नुहुने पालिका प्रमुख उप प्रमुख ,कार्यपालिका सद्स्य ,शाखा प्रमुख, गाउ सभा सदस्य सम्पुर्ण कर्मचारी लगायतलाइ हार्दिक बधाइ तथा धन्यवाद ब्यक्त गर्दै पालिकाले सेवा प्रबाह गर्ने कुरामा अझ राम्रो गर्दै जाने कुरामा प्रतिवद्धता समेत जाहेर गर्दछौ भनेका छन् ।