ट्रेन्डिङ

श्रीमती मार्ने श्रीमान् ५ बर्षपछि पक्राउ

सप्तरी । आफ्नै श्रीमतीको हत्या गरी फरार भएका पुरुष पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ निवासी सन्तोष साह छन् ।

उनले आफ्नी श्रीमती गायत्री कुमारी साहलाई ०७६ साल चैत ६ गते राती मरणासन्न कुटेका थिए । । श्रीमतीलाई कुटपिट गरी उनले घर नजिकै रहेको पूर्व पश्चिम राजमार्गदेखि करिब ४ सय मिटर उत्तरतर्फ फालेर फरार भएका थिए ।

घटनाको भोलिपल्ट बिहान साढे ५ बजेको समयमा सोही ठाउँका स्थानीयले गायत्रीलाई गम्भीर अवस्थामा फेला पारी उपचारको लागि यूनिक अस्पतालमा भर्ना गराए । गायत्रीको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्तोष र मृतक गायत्रीको करिब ९ महिना मात्रै अगाडि विवाह भएका थियो । विवाहपश्चात उनीहरु दुवै श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भई झैझगडा हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सन्तोषविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । सो लगत्तै लुकिछिपी बस्दै गरेका उनलाई खोजतलास गरी पक्राउ गरिएको सप्तरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए ।

पक्राउ परेकामाथि जिल्ला अदालत सप्तरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै