ट्रेन्डिङ

५ किलोग्राम अफिमसहित बाराबाट एक जना पक्राउ

वीरगन्ज । बारा प्रहरीले ५ किलोग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ गोगने बस्ने २५ वर्षका भुवन सिंह थिङ छन् । विशेष सूचनाको आधारमा उनलाई जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट पक्राउ गरिएको हो ।

हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ३६ प २७१४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकललाई रोकेर प्रहरीले जाँच गरेको थियो । सोही क्रममा सिट मुनी लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा लागू औषध अफिम जस्तो देखिने पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि आवश्यक कानूनी प्रक्रिया अधि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै