वीरगन्ज । बेङखाडी फुटबल क्लब महोत्तरी चौथो परवानीपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बेङखाडीले जनजागृती युवा क्लव सिमरालाइ पराजित गरेको हो ।
परवानीपुर खेल मैदानमा सम्पन्न खेलमा बेङखाडीले टाइब्रेकरमा जनजागृतीलाइ ५-४ गोलले पछि पारेको हो ।
निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक खेलबिच निर्धारित समयमा दुबैतर्फबाट एक/एक गोल भएपछी खेल टाइबेकरमा धकेलिएको थियो ।
प्रतियोगितामा बेङखाडी क्लवका गोलकिपर रोहन घिसिङ म्यान अफ दि म्याच घोषित भए ।
उनलाइ स्थानीय समाजसेवी चन्देश्वर प्रसाद श्रीवास्तवले नगद ५ हजार सहित ट्रफी प्रदान गरि सम्मान गरे ।
यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेड क्लब बिजयी भएको थियो । वीरगन्जले रोमन फुटबल क्लव सर्लाहीलाइ ७-६ गोल अन्तरले पराजित गरेको थियो ।
यो सँगै प्रतियोगिताको उपाधीका लागि वीरगन्ज युवा क्लव र बेङखाडी युुवा क्लव भिड्ने छन् । खेल शनिबार दिउँसो १ बजेदेखि हुुनेछ ।