सुनको भाउ तोलामै २३ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

हिजोको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै