वीरगन्ज । वीरगन्ज युनाइटेड क्लव चौथो परवानीपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफानल खेलमा रोमन फुटबल क्लव सर्लाहीलाइ पराजित गर्दै वीरगन्ज फाइनलमा प्रवेश गरेको हो ।
परवानीपुर खेल मैदानमा भएको खेलमा वीरगन्जले सर्लाहीलाइ टाइब्रेकरमा ७-६ गोलको अन्तरले पछि पार्दै उपाधी नजिक पुगेको हो ।
खेलमा वीरगन्ज युनाइटेड क्लवका दिलमणी चौधरी म्यान अफ दि म्याच घोषित भए । उनलाइ वीरगन्ज भेट्रान सिटीका अध्यक्ष सविन बस्नेतले नगद ५ हजारसहित ट्रफीले सम्मान गरे ।
बिहिवार हुने दोस्रो सेमिफाइनल खेलमा जनजागृती युवा क्लव सिमरा र बेङखाडी युवा क्लव हुने आयोजक टिमका सदस्य इम्राम आलमले बताए ।