ट्रेन्डिङ

५१६ रुपैँया जरिवाना असुल्न रौतहट प्रहरीले पक्राउ गर्यो ९ जना प्रतिवादी

रौतहट । रौतहट प्रहरीले ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जालसाजी मुद्दामा ५ रुपैयाँ जरिवाना भएका सुनैना देवीसहितका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सुनैनासहित रामविनोद प्रसाद यादव, गगाजली देवी, जानकी देवी दुसादिन, निलम देवी, अमरिता देवी, प्रदीप कुमार जयसवाल, प्रमोदी राय र राम अयोध्या राय यादव समेतलाई पक्राउ गरेको हो । उनीहरू जलसाजी, सम्बन्धबिच्छेद, कुटपिट, गाली बेइज्जतीजस्ता मुद्दाका फरार अभियुक्त हुन् । 

माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको रायको भनाइ छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै