ट्रेन्डिङ

बाराबाट ३ जना फरार प्रतिवादी पक्राउ, यस्तो छ सजाय

वीरगन्ज । बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जिल्लाका फरकफरक स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गर्दै ४ महिना कैद तथा आठ हजार रूपैँया जरिवाना सजाय तोकेको प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कलैया-४ अदालत रोड बस्ने २४ वर्षका दिपक कुमार सहनी, प्रसौनी-२ प्रसौनी चोक बस्ने ३५ वर्षका बिरेन्द्र कुमार गुप्ता र प्रसौनी-६ बेलहिया बस्ने शिव शंकर पटेल छन् ।

उनीहरुमाथि जिल्ला अदालतले चोरी तथा चेक अनादर मुद्दामा कैद तथा जरिवाना सजाय गराएको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै