ट्रेन्डिङ

चौथो परवानीपुर गोल्डकप : बेङखाडी क्लव बिजयी, भोलीदेखि सेमिफाइनल चरणका खेल सुरु

वीरगन्ज । चौथो परवानीपुर गोल्डकप फुटबलमा बेङखाडी युवा क्लव बिजयी भएको छ ।

पवानीपुर खेल मैदानमा बेङखाडीले बिएफसी चितवनलाई १-० ले पराजित गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बेङखाडी युवा कल्बका जर्सी नम्बर ७७ का खेलाडी भरत कुमार चौधरी म्यान अफ दि म्याच घोषित भए ।

उनलाइ वीरगन्ज-२१ का वडाध्यक्ष राधाकृष्ण प्रसाद रौनियारले नगद ५ हजार सहित ट्रफी प्रदान गरे ।

प्रतियोगितामा भोलीदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ ।

जसअनुसार भोली रोमन फूटबल क्लव हरिवन सर्लाही र वीरगन्ज यूनाइटेड क्लव भिड्ने परवानीपुर गोल्डकपका प्रेस संयोजक सबदर हुसैनले जनाए ।

प्रतियोगिताको बिजेता टोलीले नगद ३ लाख १ हजार सहित ट्रफी तथा उपबिजेता टोलीले एक लाख ५१ हजार पाउने मेडल र ट्रफी समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै