वीरगन्ज । चौथो परवानीपुर गोल्डकप फुटबलमा वीरगन्ज युनाइटेड क्लव बिजयी भएको छ ।
सोमबार परवानीपुर खेल मैदानमा भएको खेलमा वीरगन्जले जनकपुर स्पोर्टस् क्लवलाई पराजित गरेको हो । जनकपुर र वीरगन्जबिच भएको प्रतिस्पर्धात्मक खेलमा २–१ गोलले जनकपुर पछि परेको हो ।
खेलमा जनकपुर क्लवका गोलकिपर सागर मगर म्यान अफ दि म्याच घोषित भए । उनलाई वीरगन्ज–२१ प्रत्यासी जलान्धर पटेलले नगद ५ हजार रुपैँयासहित मेडल लगाएर सम्मान गरे ।
प्रतियोगितामा भोली बिएफसी चितवन र बेङखाडी युवा क्लव महोत्तरीबिच प्रतिस्पर्धा हुने आयोजक टोलीका कोषाध्यक्ष कृष्ण यादवले जनाए ।
प्रतियोगिताको प्रथम टोलीलाई नगद तीन लाख १ हजार सहित मेडलसहित पुरस्कृत गरिनेछ भने उपबिजेता टोलीले नगद एक लाख ५१ हजार सहित मेडल प्राप्त गर्ने गोल्डकपका प्रेस संयोजक सबदर हुसैनले बताए ।
प्रतियोगितामा बुधबारदेखि सेमीफाइनलका खेलहरु हुनेछन् भने फाइनल खेल शनिबार हुने जनाइएको छ ।