सर्लाही । सर्लाहीमा ४७ जना उखु किसान सम्मानित भएका छन् । इन्दु शङ्कर चिनी उद्योगले उनीहरुलाई सम्मानित गरेको हो ।
आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरिएको हो ।
उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको उद्योगका महाप्रबन्धक योगनारायण रजकले बताए ।
सर्लाहीमा हरेक वर्ष ६४ हजार हेक्टरमा उखु उत्पादन हुँदै आएको छ । जिल्लाको हरिवनमा इन्दुशङ्कर, धन्कौलमा अन्नपूर्ण र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालित छन् ।