वीरगन्ज । चौथो परवानीपुर गोल्डकप अन्र्तगत आज भएको खेलमा जन जागृति युवा क्लव सिमरा बिजयी भएको छ ।
परवानीपुर खेल मैदानमा भएको खेलमा जन जागृतिले हेटौाडा फुटबल एकेडेमीलाई ३–० ले पराजित गरेको हो ।
खेलमा जन जागृति क्लवका जर्सी नम्बर १६ का मोहित गुरुङले २ गोल गरे । खेलमा दुइ गोल हिर्काएका गुरुङलाई म्क्यान अफ दि म्याच घोषित गर्दै वीरगन्ज–२१ क वडा सदस्य जतन राउत कुर्मीले नगद ५ हजार रुपौया मेडल लगाएर सम्मान गरेका छन् ।
प्रतियोगिता अन्र्तगत भोली वीरगन्ज युनाइटेड क्लव र जनकपुर स्पोट्र्स क्लवबिच खेल हुने आयोजक टोलीका वरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तवले बताए ।