ट्रेन्डिङ

७०५ रुपैँया जरिवाना नतिर्दा फरार सात जना प्रतिवादी पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा ७०५ रुपैँया जरिवाना नतिर्दा फरार भएका प्रतिवादीलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

यसरी पक्राउ पर्नेहरुमा अदालतको फैसला कार्यान्वयन अन्र्तगत अदालतबाट जरिवानावापत ३० रुपैँयादेखि २६० सम्म नतिर्ने प्रतिवादी छन् । पक्राउ पर्नेहरुमा चार जना कुटपिट, २ जना लुटपिट र एक जना गालीबेइज्जती मुद्दाका फरार प्रतिवादी रहेका महोत्तरीका प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहानले जनाए ।

उनका अनुसार सीता देवी यादव, सकली देवी यादव, रामदयाल कापर, रामपरी देवी, प्रेम राउत भुमिहार, अजय राउत भुमिहार र राम रतन राउत भुमियारलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै