ट्रेन्डिङ

चौथो परवानीपुर गोल्डकप सुरु, उद्घाटन खेलमा रोमन क्लव बिजयी

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर खेल मैदानमा ‘चौथो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।

आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले गरे ।

परवानीपुर युथ क्लबका अध्यक्ष अख्तर अलि अन्सारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वीरगन्ज-२१ वडा अध्यक्ष राधाकृष्ण रौनियार, परवानीपुर-३ का वडा अध्यक्ष इब्राहिम मियाँ, पूर्व वडा अध्यक्ष अनिल राम,  वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष हबिब मियाँ, जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अनिल कुमार गुप्ता लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा रोमन फुटबल क्लव हरिवन, सर्लाही बिजयी भएको छ । उसले आयोजक परवानीपुर युथ क्लवलाई ३-० ले पराजित गरेको हो ।

खेलमा रोमन फुटबल क्लवका जर्सी नम्बर ७ का बिनु मगर म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रमुख अतिथि सोनलले नगद ५ हजार रुपैँयासहित मेडल लगाएर सम्मान गरेका थिए ।

भोलीको खेल हेटौँडा फूटबल कल्ब र नव जनजगृती क्लव सिमराबिच हुने प्रतियोगिताका प्रेस संयोजक शबदर हुसेनले बताए । उनका अनुसार खेल दिँउसो ३ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै