वीरगन्ज । बाघको आक्रमणबाट पर्सामा एक महिला घाइते भएकी छन् ।
पटेर्वासुगैली गाउँपालिका वडा नम्बर २ स्थित सात बिघामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी हुन् ।
घाइते हुनेमा स्थानीय ३५ वर्षकी चाँदनी देवी रहेकी प्रहरीले जनाएको छ । पटेर्वासुगौलीका इन्स्पेक्टर प्रकाश थापाका अनुसार घाँस काट्ने क्रममा आज दिँउसो उनलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट चाँदनीको अनुहार र बाँया हातमा चोट लागेको उनले बताए ।
घाइते महिलालाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बतायो ।