वीरगन्ज । वीरगन्जको माइस्थान मन्दिर अगाडी सम्पन्न कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।
नेवा देय दबू वीरगन्ज महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त पोका रगत संकलन भएको हो । सो अवसरमा ७ महिलासहित ५५ जनाले रगतदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा भिखा श्रेष्ठ, रेनु श्रेष्ठ, मनिषा चौधरी, नितेश पाण्डे, मनोहर शेष, सुनिल श्रेष्ठ ,बिनित कर्ण, शैलेन्द्र कुमार साह लगाएतका छन् ।
नेवा देय दबू वीरगन्ज महानगर कमिटीका अध्यक्ष सत्यम खड्गीको अध्यक्षता भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दिपक शाक्य, जुलुम खड्गी, दिनेश जोशी, साबाना श्रेष्ठ, जुलि श्रेष्ठ, प्रेमा श्रेष्ठ दिपेन्द्र बैध, सुनिल श्रेष्ठ लगाएतकाको उपस्थिति थियो ।
कर्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जक तथा रेडक्रस सोसाइटी रेशमकोठीका प्राविधिकहरुले सहयोग गरेका थिए ।