ट्रेन्डिङ

पर्साबाट एकैदिनमा ११ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले एकैदिनमा ति संख्याका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको पर्साका डिएसपी किशोर लम्सालले बताए ।

उनका अनुसार जिल्ला अदालत पर्साबाट विभिन्न मुद्दामा जरिवाना तोकिएका अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै