
धनुषा । धनुषा प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
शहीदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहा बजारबाट स्रोत नखुलेको रकमहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सबैला नगरपालिका वडा नम्बर ११ इनर्वा टोल बस्ने २० वर्षका चन्द शेख छन् । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको टोलीले तिनकोरीयाबाट यदुकुहातर्फ जाँदै गरेको ज १२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकेर जाँच गरेको थियो ।
सोही क्रममा उनको साथबाट १ लाख ४७ हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनायो ।
यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बतायो ।