ट्रेन्डिङ

सरस्वती पूजा गर्न गएकी बालिका वीरगन्जबाट बेपत्ता, खोजी कार्य जारी

वीरगन्ज । वीरगन्जबाट एक जना बालिका बेपत्ता भएकी छन् । अस्ती दिउँसोबाट एक १७ वर्षीया बालिका बेपत्ता भएकी हुन् ।

रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ घर भई वीरगन्ज–८ पानीट्याङकी बस्ने बालिका बेपत्ता भएकी प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा रोशनी पटेल (अम्बिका) रहेकी पर्सा प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालका अनुसार रोशनी सरस्वती पूजा गर्न भनी घरबाट निस्किएकी थिइन् । त्यसबेलादेखि नै उनी हराएकी प्रहरीले जनाएको छ ।

रोशनी हराएपछि उनको हुलियासहित खोजबिनका लागि आफन्तजनले प्रहरीमा निवेदन दिएका छन् । रोशनीका बुबा अनुराग प्रसादले आज उनको खोजीका लागि पर्सा प्रहरीलाई गुहार्दै निवेदन दिएका डिएसपी लम्सालले बताए ।

बालिकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

बालिकालाई भेट्नुहुने वा देख्नुहुनेलाई नजिकैको प्रहरी कार्यालय वा ९८४५०५९९६२, ९७६९७४४१९९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै