ट्रेन्डिङ

मामाघर आएका तीन वर्षीय बालक बाराको सिमराबाट ६ दिनदेखि बेपत्ता, अपहरणको आशंका

वीरगन्ज । बाराको सिमरास्थित मामाघर आएका तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता भएका छन ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर-१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी बेपत्ता भएका हुन ।

उनी यही १७ गते मामा जैसवालको घर अगाडिबाट खेल्नेक्रममा बेपत्ता बनेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनले भने, “विहान ९ बजेको हाराहारीमा घर अगाडिबाट खेल्नेक्रमा तीन वर्षीय चौधरी बेपत्ता भए, त्यसपछि फेला नपरेपछि हामी कहाँ खबर आयो । अनि त्यही दिनदेखि हामी पनि खोजविन गर्दैछौं ।तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।”
बेपत्ता बालकको अपहरण गरिएको परिवारजनको आशंका छ ।
प्रहरीका अनुसार उनी गएको २ महिनादेखि मामाघर बस्दै आएका थिए ।

रातो कलरको हुड र ब्लु रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता भएको दिनदेखि परिवारजनको समन्वयमा चौधरीको खोजीकार्य भइरहेको प्रहरी भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै