
दैलेखमा भूकम्पको आज धक्का महसुस भएको छ । साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि माघ ११ गते पर्वत केन्द्र भएर भूकम्प गएको थियो