ट्रेन्डिङ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सिरहा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर २४ बस्ने ४५ वर्षका भोगी भन्ने भोगिन्द्र पासवान रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले उनलाई लुकिछिपी बस्दै गरेको अवस्थामा लहान–१० बाट पक्राउ गरेको हो ।

उनीमाथि उच्च अदालत जनकपुर, राजबिराज इजलासले ०८० साल फागुन ८ गते जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद तथा २५ हजार रुपैँया तोकेको थियो । सजयपश्चात नै उनी फरार थिए ।

पक्राउ परेका पासवानलाई कैद भुक्तानका लागि सिरहा कारगार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै