सर्लाही । नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत सितामढी पुरान्दा राजवाडा वडा नम्बर ९ बस्ने २७ वर्षका मुकेशकुमार सोनी छन् ।
उनको साथबाट नक्कली भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।