ट्रेन्डिङ

गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला, मामाघरतर्फका ६ जना पक्राउ

मोरङ । मोरङको विराटनगरमा गाडिएको अवस्थामा फेला परेको बालिकाको शवको घटना प्रकरणमा ६ जना पक्राउ परेका छन् ।

१४ वर्षीया बालिका चाँदनीको मृत्यु प्रकरणमा संलग्नताको आंशकामा प्रहरीले उनका मावल (मामा) घरका ६ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मामा घरतर्फका हजुर बुबा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डललाई पक्राउ गरेको जनाएको छ ।

घटना शंकास्पद देखिएपछि विराटनगर वडा नम्बर ५ घर भएका उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन् ।

चाँदनीलाई मावल घरमा छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए । ५/६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।

यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजी सुरु गरेको थियो ।

सोही क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीले कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै