ट्रेन्डिङ

पर्साबाट एकैदिन १२ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले एकैदिनमा १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका फरकफरक स्थानहरुबाट प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतबाट फैसला कार्यान्वयनपछि फरार भएका अभियुक्तहरुलाई पक्राउ गरिएको प्रवक्ता सुवास भट्टले बताए ।

उनका अनुसार फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतसमेतबाट कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट २४ हजार ३४७ रुपैँया जरिवाना असुर उपर गर्न बाँकी रहेको उनको भनाइ छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै