पर्सा । पर्सा प्रहरीले घरेलु मदिरा भट्टी नष्ट पारेको छ ।
बिन्दबासीनी गाउँपालिका वडा नम्बर ३ र ४ एरियामा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट पारेको हो ।
प्रहरी चौकी अमरपट्टीबाट खटिएको टोलीले दुइटा भट्टी फुटाउनुका साथै ३१०० लिटर कच्चा पदार्थ तथा ५०० लिटर तयारी मदिरा समेत नष्ट गरेको प्रहरीले जनाएको छ ।