ट्रेन्डिङ

पर्सा प्रहरी प्रमुख मिश्रले सम्हाले कार्यभार

वीरगन्ज । पर्सा प्रहरीको कमान्ड (एसपी) गौतम मिश्रले सम्हालेका छन् ।

आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर एसपी मिश्रले कमान्ड सम्हालेका हुन् । एसपी मिश्रलाई जिल्ला प्रहरी पर्सामा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकारीले स्वागत गरेका थिए ।

पर्सा प्रहरीको कमान्ड सम्हाल्दै उनले जिल्लामा शान्ति, सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता जनाए । उनले इमानदारीपूर्वक काम गर्न प्रहरी संगठनका अधिकारीहरुलाइ निर्देशनसमेत दिएका छन् ।

यसअघि यहाँ कार्यरत एसपी कुमोध ढुंगेलको आइतबार नै विदाइ गरिएको थियो । ढुंगेलको प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा सरुवा भएको छ ।

यस्तै मिश्र जिल्ला प्रहरी कार्यालय चितवनबाट सरुवा भइ पर्सा आइपुगेका हुन् ।

गत शुक्रबार प्रहरी प्रधान कार्यालयले मिश्रसहित १७ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै