
बीरगंज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले जनताबाट उठेको तागत माओवादीले छोडेर गल्ती गरेको बताएका छन ।
पत्रकार सुर्दशनराज पाण्डे र जनयुद्धका शहीद सीजन राज पाण्डेको स्मृतिमा प्रकाशीत पिता पुत्र स्मृतिग्रन्थको बीरगंजमा लोकपार्णगर्दै महासचिव सी ले यस्तो बताएका हुन । उनले आफूहरु जनताबाट टुटेको कडीलाई जोड्नका निम्ति जनतामा फर्किने निर्णयमा पुगेको बताए ।
उनले सुदर्शनराज पाण्डेले जनपक्षीय पत्रकारिता गरेको, उहाको बारेमा स्मृतिग्रन्थमा समेटिएका लेखहरु कार्यक्रममा ब्यक्त बिचारबाट पनि पुष्टि भएको बताउदै स्व. पाण्डेका आर्दश र जनपक्षधरतालाई अनुसरण गर्नु पर्ने बिचार ब्यक्त गरे ।
उनले स्व. पाण्डेको असल पत्रकारिताको पदचाप अनुसरण गर्न जटील भएपनि छोडन नहुने बताए । उनले आजको राजनीतिको संकटको समाधानकालागि समाजवाद उत्तम बाटो भएको बताए ।
उनले शान्तिकालागि समाजवाद समृद्धिकालागि समाजावाद बिकास र प्रगतीकालागि समाजवाद एउटा उत्तम बिकल्प भएको बताए ।
महासचिव सी ले आत्मनिर्भरताको अभावमा समृद्धि नआउने प्रष्ट पारे । उनले भने जब सम्म राजनीतिक दलको नेतृत्व आत्म निर्भर हुदैन उत्पादनमा शुन्य र उभोगमा बिलासिताको अवस्था रहन्छ त्यतीबेला सम्म समृद्धि आउदैन । उत्पादन शून्य हुदा दलाली हावी हुनै भन्दै महासचिव सी ले त्यस्तो प्रृतिका बिरुद्ध एक हुन जरुरी रहेको बताए ।
उनले जनता आत्मनिर्भर नहुदा सम्म समृद्धि र बिकास नहुने भएकोले जनतालाई आत्म निर्भर बनाउन नेता नै उत्पादन संग जोडिनुको बिकल्प नहरेको बताए ।
कार्यक्रममा मधेश बिश्वबिद्यालयका उपकुलपती प्रा।डा।दीपक शाक्यले राजनीति नेतृत्वले नै रुपान्तरण गर्ने भएकोले राजनीति संगलो हुनु पर्ने बताए । उनले पत्रकार सुर्दशन राज पाण्डेको स्मृतिमा गरिव जेहन्दार एक बिद्यार्थीलाई नेपाल पत्रकार महासंघको सीफारिशमा निशुल्क अध्ययनको ब्यवस्था मिलाउने घोषणा गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के।सी।लामिछाने ले पत्रकार स्व। सुर्दशन राज पाण्डे राज्य र रज्यसत्ताको बिपक्षा र मेहनतकश जनताको पक्षमा रहेर जनपक्षीय पत्राकारिता गरेको स्मरण गरे । संयोजक लामछिानेले पत्रकार पाण्डेले गलतसंग कहिल्यै गलत संग सम्झौता नगरेको बताए । पत्रकारमा अलोचनात्मक चेत हुने र त्यो कहिल्यै मर्न नहुने स्व पण्डेको प्रष्ट अडान सदैव रहेको लामिछानेले स्मरण गरे । उनले मूल्यनिष्ट र सिद्धान्तनिष्ट पत्रकारिताका माध्यमले जनपक्षीय पत्रकारिता गर्न, सकेमा उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, भौतीकवादी समाजका बैध्नाथ ठाकुर,पत्रकार कविता खड्का स्व.पत्रकार सुर्दशनरज पाण्डेका भाई श्यामराजा पाण्डे, नेकपा मओवादीका मधेशका इन्चार्ज अनिल सी लगायतले पत्रकार पाण्डे तथा जनयुद्धका शहीद सीजनराज पाण्डेका बिविध पक्षका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन प्रकाश सी ले गरेका थिए ।