
वीरगन्ज । वीरगन्ज निवासी मिरोज अहमद अखिल क्रान्तिकारीको केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनले उनलाई केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनमा केन्द्रिय सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । यद्यपी दाबी विरोध परेपछि मिरोज चयन भएका हुन् ।
मिरोज अहमद यसअघि संगठनको केन्द्रिय सदस्यको भूमिकामा रहेर संगठनलाई सुदृढ बनाउने कार्यमा योगदान पुर्याएका व्यक्ति हुन् ।
निर्वाचित मिरोजले शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी कार्य गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको हकहित, शिक्षामा सुधार र प्रविधिसँगको समायोजनमा विशेष जोड दिने उनको भनाइ छ ।
विद्यार्थीहरूको अधिकारका लागि निरन्तर संघर्ष गर्दै शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनको जिकिर छ ।