ट्रेन्डिङ

सुनको भाउ तोलामा एक हजार रुपैँयाले बढ्यो, कतिमा कारोबार ?

काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै