वीरगन्ज । बाराको प्रसौनी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उपकार सेवा नेपाल नामक संस्थाको आयोजनामा शिविर सम्पन्न भएको हो ।
प्रसौनी गाउँपालिकाको सहयोग एवम् रोहित फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा वीरगन्ज आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । वडा नम्बर १ को स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा दुइ सय १७ जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये झण्डै दुइ भागको एक भागका सेवाग्राहीमा मोतियाबिन्दुको समस्या देखा परेको छ ।
अर्थात् उनीहरुमध्ये १०२ जनामा मोतियाबिन्दुको समस्या देखा परेको जनाइएको छ । उनीहरुको भोली वीरगन्ज आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने अस्पतालका डा. मधेश सिंह धामीले बताए ।