ट्रेन्डिङ

नेशनल ईन्फोटेक कप : सेन्ट जेभियर्स ५९ रनले बिजयी

वीरगन्ज । नेशनल इन्फोटेक कपमा आज सम्पन्न पहिलो खेलमा सेन्ट जेभियर्सले जित निकालेको छ । उसले अल्पाइन स्कुललाई ५९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नारायणी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले १९ ओभर ३ बलमा एक सय १८ रनको योगफल तयार पार्यो ।

खेलमा इमरान अन्सारीले सर्वाधिक २७ रन जोडे । यस्तै महम्मद एकवाल अन्सारीले २२ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन १३ ओभरमै सबै विकेट गुमाएर ५९ रनमै समेटियो ।

खेलमा इमरान अन्सारी प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा आयोजक नेशनल इन्फोटेक र हेटौँडा स्कुल अफ म्यान्जेमेन्टबिच प्रतिस्पर्धा हुदैछ ।

दिँउसो १ बजेदेखि सुरु हुने खेलमा आयोजक नेशनलले टस जितेर ब्याटिङ रोजेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै