
काठमाण्डौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले ११ करोड भन्दा बढी रकम जम्मा गरेका छन् ।
उनले आफ्नो आत्मकथा ‘महाविर पुन, सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरेर उक्त रकम संकलन गरेका हुन् । हालसम्म एक लाख ५५ थान उक्त पुस्तक बिक्री भइसकेको छ ।
जसबाट ११ करोड ६२ लाख ५० हजार रुपैँया उनले संकलन गरिसकेका हुन् । पुस्तक बिक्री गरेर जम्मा भएको रकमले वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्ने उनको अठोट छ । सोही कारण देशका विभिन्न गाँउ शहर पुगेर उनी आफैँ किताब बेच्ँने गरेका छन् ।
उनले प्रति पुस्तक मूल्य ७५० रुपौया निर्धारण गरिएको छ । सरकार र पुनको राष्ट्रिय आविष्कार केन्द्रबिच कारखाना चलाउने विषयमा सहमति भएको थियो । सोही आधारमा पुनले कारखाना सञ्चालन गर्दै आएका छन् ।
यद्यपी राज्यले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेट उपलब्ध नगराएपछि आफैँ किताब बेचेर कारखाना सञ्चालन गर्न प्रयासरत छन् ।