ट्रेन्डिङ

किन लगाए ति पुरुषले पेट्रोल छर्किएर आफ्नै शरिरमा आगो ?

मोरङ । मोरङमा एक जना प्रेमीले आफ्नै शरिरमा आगो लगाएका छन् । उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा एक जना प्रेमीले पेट्रोल छर्किएर शरिरमा आगो लगाएका हुन् ।

प्रेमिकाले धोका दिएको आरोप लगाएर झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

उर्लाबारी–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् ।

प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै