
वीरगन्ज । नेशनल इन्फोटेक कप क्रिकेटमा ग्लोबल बिजनेश कलेज बिजयी भएको छ । सोमबार सम्पन्न पहिलो खेलमा ज्ञानदा एकेडेमीलाई ११ रनले पराजित गर्दै ग्लोबल बिजयी भएको हो ।
वीरगन्जको नारायणी स्टेडियममा भएको खेलमा टस जितेर ग्लोबलले ब्याटिङ रोज्यो । उसले १८ ओभर ५ बलमा एक सय १३ रनको योग बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको ज्ञानदा १९ ओभर ३ बलमा एक सय २ रनमै समेटियो ।
खेलमा रविन्द्र सिंह कुँवर प्लेयर अफ दि म्याच घोषित भएका छन् ।
यसैगरी अहिले दोस्रो खेलमा अल्पाइन स्कुल र नेशनल एकेडेमी भिड्दै छन् ।