
वीरगन्ज । नयाँ शैक्षिक शत्रमा भर्ना भएका चिकित्सा शिक्षातर्फका विद्यार्थीहरुलाई नेशनल मेडिकल कलेजले स्वागत गरेको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरी कलेजले विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, विएसी एमआइटी, विएसी एमएलटी र बिएनएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको स्वागत गर्नुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी समेत गराईएको छ। कलेजले विद्यार्थीहरूको पढाई तथा लगनशीलताप्रति जिम्मेवार बनाउन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको हो ।
मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जेनुद्दिन अंसारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अंसारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी सोही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदैँ आएको प्रस्ट्याए ।
कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, बजार निर्देशक अबिद हुसेन अंसारी, एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ लगायत विद्यार्थी तथा अभिभावक समेतको सहभागिता थियो ।